पासपोर्ट नवीकरणका लागि अनलाइन फर्म भर्न दूतावासको अनुरोध « Khabarhub

पासपोर्ट नवीकरणका लागि अनलाइन फर्म भर्न दूतावासको अनुरोध


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको सुविधाका लागि अनलाईनबाटै पासपोर्ट नवीकरणको प्रकिया पूरा गर्न आह्वान गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्नुपर्ने भएमा दूतावासले फेसबुक पेजमा सार्वजनिक गरेको अनलाइन फारमको लिंकमा गएर फारम भर्न अनुरोध गरेको हो ।

उक्त फारम भर्दा हालको राहदानी र नागरिकताको फोटोकपी पनि  पठाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले अनलाइनबाट प्राप्त फारमहरुको संख्याको आधारमा निकट भविष्यमा विभिन्न पायक पर्ने स्थानहरुमा (दमाम, जुवेल, अलहासा) अस्थायी कार्यालय स्थापना गरिने जनाएको छ ।

यस्तै हाफरअलबातेन, हायल, अलकासिम लगायतका स्थानमा मा पनि अस्थायी कार्यलय स्थापना गरी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि काम समेत) संकलन दूतावासले जनाएको छ ।

यो सेवा अनलाइन फारम भरेकाहरुलाई मात्र दिइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : ५२ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको