पासपोर्ट नवीकरणका लागि अनलाइन फर्म भर्न दूतावासको अनुरोध « Khabarhub

पासपोर्ट नवीकरणका लागि अनलाइन फर्म भर्न दूतावासको अनुरोध


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको सुविधाका लागि अनलाईनबाटै पासपोर्ट नवीकरणको प्रकिया पूरा गर्न आह्वान गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्नुपर्ने भएमा दूतावासले फेसबुक पेजमा सार्वजनिक गरेको अनलाइन फारमको लिंकमा गएर फारम भर्न अनुरोध गरेको हो ।

उक्त फारम भर्दा हालको राहदानी र नागरिकताको फोटोकपी पनि  पठाउन दूतावासले अनुरोध गरेको छ ।

दूतावासले अनलाइनबाट प्राप्त फारमहरुको संख्याको आधारमा निकट भविष्यमा विभिन्न पायक पर्ने स्थानहरुमा (दमाम, जुवेल, अलहासा) अस्थायी कार्यालय स्थापना गरिने जनाएको छ ।

यस्तै हाफरअलबातेन, हायल, अलकासिम लगायतका स्थानमा मा पनि अस्थायी कार्यलय स्थापना गरी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि काम समेत) संकलन दूतावासले जनाएको छ ।

यो सेवा अनलाइन फारम भरेकाहरुलाई मात्र दिइने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : ५२ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित