भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश « Khabarhub

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पारा’ बोलको र्‍याप गीत सार्वजनिक गरेसँगै विवादमा तानिएका र्‍यापर समीर घिसिङ उर्फ भिटेनलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

गीत संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको जनाउँदै अदालतले पक्राउ नगर्न आदेश दिएको हो ।

भिटेनले उच्च अदालत पाटनमा प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाएर गत कार्तिक १६ मा निषेधाज्ञासम्बन्धी रिट निवेदन दायर गरेका थिए ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई पक्राउ नगर्न साइबर ब्यूरो र प्रहरी प्रधान कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो ।

भिटेनको र्‍याप गीत सार्वजनिक भएसँगै गीतमा समावेश भएका शब्द अश्लील भएको भन्दै प्रहरीले भिटेनलाई पक्राउ गर्ने तयारी गरेको थियो
गीत युट्युब नेपालको ट्रेन्डिङ एकमा परेपछि थप चर्चा चुलिएको थियो ।

भिटेनले उक्त गीतमा प्रहरीलाई नै ‘काउन्टर’ दिएका छन् । गीतको भिडियोमा प्रहरीको गाडी जलाएको प्रहरीसँगै बसेर धुम्रपान गरेको दृश्य समावेश छन् ।

प्रहरी प्रधान कार्यालयले उक्त गीतले समाजमा नकारात्मक प्रभाव पार्ने भन्दै भिटेनलाई पक्राउ गर्न साइबर ब्यूरोलाई पत्र काटेको थियो । त्यसपछि भिटेनले उक्त गीत ‘मेम्बर अन्ली’ बनाएर माफी मागेका थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ५ : ३१ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज