नवीकरणीय ऊर्जा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा : मन्त्री पुन « Khabarhub

नवीकरणीय ऊर्जा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा : मन्त्री पुन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबैका लागि आधुनिक ऊर्जाको पहुंच पुर्‍याउन सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

वैकल्पिक ऊर्जा विकास समितिको अध्यक्ष समेत रहेका मन्त्री पुनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २४ औँ वार्षिकोत्सवको अवसरमा आज दिएको शुभकामना सन्देशमा केन्द्रले आफ्नो क्षमतालाई स्तरोन्नति गर्दै घरायसी प्रविधिबाट संस्थागत तथा सामुदायिक स्तरका प्रविधिहरु प्रवर्द्धनमा जोड दिंदै आएको उल्लेख गरेका छन ।

मन्त्री पुनले ऊर्जा सम्मिश्रण, ठूला क्षमताका नवीकरणीय ऊर्जा प्रविधिहरु, मिनीग्रिड जस्ता क्षेत्रहरुमा केन्द्रले हासिल गरेको सफलता मुलुकको ऊर्जा विकासका लागि उदाहरणीय रहेको बताउँदै नवीकरणीय ऊर्जा प्रवर्द्धन र विस्तारका लागि प्रदेश सरकार, स्थानीय तह, विकास साझेदार, निजी क्षेत्र, गैरसरकारी संस्था, समुदाय तथा उपभोक्तासँग समन्वय र सहकार्यलाई आगामी दिनमा अझ बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले मुलुक स्वच्छ, भरपर्दो तथा किफायती ऊर्जाको सर्वव्यापी पहुँच पु¥याउने दिशामा अग्रसर रहेको वर्तमान परिवेशमा नवीकरणीय ऊर्जा प्रवर्द्धनको सरकारको प्रमुख निकायको रुपमा रहेको केन्द्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।

हालसम्म केन्द्रबाट सञ्चालित विभिन्न कार्यक्रमहरुमार्फत लघु तथा साना जलविद्युत र सौर्य ऊर्जाको प्रवर्द्धनबाट करीब ६८.७५ मेगावाट बराबर विद्युतीकरण, १५ लाख सुधारिएको चुलो, चार लाख ३० हजार बायोग्यास, १२ हजार सुधारिएको पानीघट्टलगायतका विभिन्न नवीकरणीय ऊर्जा प्रविधिहरु विस्तार भएको छ ।

केन्द्रले ग्रामीण समुदायको लागि निरन्तर रुपमा नवीकरणीय ऊर्जाको सेवा प्रदान गर्दै आएको बताउँदै नवीकरणीय ऊर्जा स्थानीय स्तरमा सर्वसुलभ उपलब्ध ऊर्जाको स्रोतको रुपमा रहेकाले यसले वन विनाश कम गर्न, कार्बन उत्सर्जन न्यूनीकरण, भरपर्दो ऊर्जा आपूर्तिको सुनिश्चितता, ऊर्जा सुरक्षा तथा आयातित इन्धनको परनिर्भरता कम गर्न सघाउ पु¥याउँदै आएको छ ।

केन्द्रले हरित जलबायु कोषको प्रत्यक्ष पहुँच निकायको रुपमा मान्यता प्राप्त गरेको छ भने केन्द्र र नेपाल विद्युत प्राधिकरणबीच समन्वय गरी आगामी दुई वर्षभित्र सबैमा विद्युत्को पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १० : २८ बजे

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६