गण्डकी प्रदेशमा तीन दिनमा ८ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा तीन दिनमा ८ कोरोना संक्रमितको मृत्यु


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा पछिल्लो तीन दिनमा ८ जना कोरेना संक्रमितको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ८८ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका ५ का ५९ वर्षीय महिला रहेकी छन्। उनको सोमबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

कास्की जिल्ला पोखरा महानगरपालिका १३ का ५५ वर्षीय पुरुषको मंगलबार बिहान ११ः४५ बजे मृत्यु भएको छ। उनको कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

बाग्लुङ नगरपालिका ३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको थियो। बाग्लुङ नगरपालिका ३ का ६१ वर्षीय पुरुषको सोमबार ५ः३० बजे मृत्यु भएको थियो। उनको सोही दिन कोरोना पुष्टि भएको थियो।

तनहुँ ब्यास नगरपालिका ५ का ६६ वर्षिय पुरुषको सोमबार दिउँसो २ः१५ मृत्यु भएको थियो। उनको कार्तिक १६ गते कोरोना पुष्टि भएको प्रदेशले जनाएको छ।  त्यस्तै पोखरा महानगरपालिका ६ का ७२ वर्षिय पुरुषको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको थियो। उनको कार्तिक १४ गते कोरोना पुष्टि भएको थियो।

पोखरा महानगरपालिका ३ का ५२ वर्षिय पुरुको सोमबार बिहान ११ः४५ बजे मृत्यु भएको थियो। उनको कार्तिक १२ गते कोरोना पुष्टि भएको प्रदेशले जानकारी दिएको छ।

र नवलपरासी पूर्व देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको आइतबार बिहान ११ः२६ मृत्यु भएको थियो। प्रदेशका अनुसार उनको सोही दिन कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ५१ बजे

दाङको राजपुरमा आगलागी, २४ घर र १० गोठ जलेर नष्ट 

तुलसीपुर– दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर

बालबालिकासम्बन्धी ऐन कार्यान्वयन गर्न अदालतद्वारा परमादेश

खजुरा– बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिकासम्बन्धी ऐनलाई कार्यान्वयन

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै