कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार हुँदै « Khabarhub

कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार हुँदै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेता विश्वकर्माको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको होस खुलेको छ  । उनको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको उनका सहयोगी टेक बहादुर विश्वकर्माले जानकारी दिए।

‘चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको छ। आजदेखि होस पनि खुलेको छ,’ उनले भने।

गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा होम आइसोलेसनमा बसेका विश्वकर्मा सास फेर्न गाह्रो हुन थालेपछि वीर अस्पताल भर्ना भएका थिए।

तीन दिन वीर अस्पतालमा उपचार गराएका विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : ०७ बजे

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

आजका समाचार : अवरोधबीच सदनमा मन्त्रीहरुको जवाफ, विश्वकपमा मेसीको ह्याट्रिक र लेबनानमा इजरायली आक्रमण जारी

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा