मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने  | Khabarhub Khabarhub

मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने 


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।

अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च अदालतले सूचनामार्फत जनाएको हो ।

मंसिर १ गतेसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने र २ गतेबाट सुरक्षा सावधानी अपनाएर उपयुक्त संख्यामा पेशीको व्यवस्थापन गरी सबै प्रकारका रिट, मुद्दा, निवेदन/प्रतिवेदनहरूको नियमित सुनुवाइ हुने सर्वोच्चले निकालेको सूचनामा भनिएको छ ।

सुनुवाइका क्रममा उपस्थित हुने पक्ष-विपक्षका कानून व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैले अनिवार्य रूपमा मास्क र सम्भव भएसम्म प्लास्टिक भाइजर समेत लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : २० बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।