मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने  « Khabarhub

मंसिर २ गतेबाट सर्वोच्चमा नियमित सुनुवाई हुने 


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मंसिर २ गतेबाट सर्वोच्च अदालतबाट नियमित सेवा सुचारू हुने भएको छ ।

अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च अदालतले सूचनामार्फत जनाएको हो ।

मंसिर १ गतेसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने र २ गतेबाट सुरक्षा सावधानी अपनाएर उपयुक्त संख्यामा पेशीको व्यवस्थापन गरी सबै प्रकारका रिट, मुद्दा, निवेदन/प्रतिवेदनहरूको नियमित सुनुवाइ हुने सर्वोच्चले निकालेको सूचनामा भनिएको छ ।

सुनुवाइका क्रममा उपस्थित हुने पक्ष-विपक्षका कानून व्यवसायी, इजलास अधिकृतलगायत सम्बन्धित सबैले अनिवार्य रूपमा मास्क र सम्भव भएसम्म प्लास्टिक भाइजर समेत लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : २० बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको