राष्ट्रपतिले उपाध्यक्ष गौतमलाई भनिन : पार्टी एकता जोगाउनुस् | Khabarhub Khabarhub

राष्ट्रपतिले उपाध्यक्ष गौतमलाई भनिन : पार्टी एकता जोगाउनुस्


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमबीच शितलनिवासमा भेटवार्ता भएको छ ।

मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्रपतिलाई भेट्न पुगेका हुन । शितलनिवासमा गौतम र राष्ट्रपति भण्डारीबीच आधा घण्टा कुराकानी भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले पुष्टि गरे ।

भेटमा राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई पार्टी एकताको पक्षमा भूमिका खेल्न आग्रह गरेको जनाइएको छ ।

‘मलाई पार्टीभित्रको विषयमा राष्ट्रपतिज्यूले जिज्ञासा राख्नुभयो। पार्टीमा विकसित घटनाक्रमको विषयमा जानकारी गराएँ।’ गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘तपाईंले यसअघि पनि पार्टी एकताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभयो। यस पटक तपाईंको खाँचो छ, एकता जसरी पनि जोगाउनुपर्‍यो।’

जवाफमा गौतमले पार्टी एकता टुट्न नदिने वचन दिएको सहयोगी सुवेदीले बताए।

‘मैले पार्टी एकताकै पक्षमा हिजो पनि भूमिका खेलेँ आज पनि खेल्छु‚’ गौतमको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘फेरि पार्टीमा विवाद उत्पन्न भएको छ, त्यसमा कुनै पनि हालतमा पार्टी विभाजन गर्ने शक्तिलाई परास्त गर्नेछु।’

पार्टीमा जब विवाद बढ्दै जान्छ त्यसपछि राष्ट्रपति सक्रिय हुँदै आएकी छन्। पार्टीभित्रको विवादमा राष्ट्रपति सक्रिय भएको भन्दै बारम्बार आलोचना हुँदै आएको छ।

पछिल्लो केही दिनयता नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पार्टी बैठकका निर्णय नमानेको भन्दै अर्का अध्यक्ष प्रचण्ड पक्षले असन्तुष्टि जनाइरहेका बेला गत शनिबार ओलीले बरु पार्टी अलग गरौं भन्ने प्रस्ताव अघि सारेको कुरा बाहिरिएको थियो ।

ओलीको यस्तो प्रस्ताव सार्वजनिक भएपछि ओली आफै पार्टी विभाजन गर्न लागेको आशंका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गर्दै आएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : ३१ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला