कक्षा १२ को ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र सार्वजनिक  « Khabarhub

कक्षा १२ को ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र सार्वजनिक 


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो।

बोर्डले आगामी मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षाका लागि ४० पूर्णाङ्क तोकेको छ।

सोही आधारमा नमूना प्रश्नपत्र सार्वजनिक गरिएको हो। कोरोना महामारीका कारण ४० पूर्णाङ्कको परीक्षामा विद्यार्थीमा अन्योल नहोस् भनेर प्रश्नपत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा र ४० प्रतिशतको मात्र सैद्धान्तिक परीक्षा हुनेछ। त्यसका लागि बोर्डले कार्यविधिसमेत तयार पारेको छ। परीक्षाको तयारी तीव्र पारिएको बोर्डले जनाएको छ।

गत वैशाख ८ गतेदेखि हुने कार्यतालिका रहेको कक्षा १२ को परीक्षा कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको थियो।

कक्षा १२ का लागि यो वर्ष चार हजार एक सय पाँच परीक्षा केन्द्र तोकिएका छन्। विद्यार्थीले पढेको विद्यालयमा पुगेर परीक्षा दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

तर, काठमाडौं उपत्यकाको हकमा भने विद्यार्थीले भने पढेकै विद्यालयमा परीक्षा दिनुपर्नेछ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : १३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग