कक्षा १२ को ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र सार्वजनिक  | Khabarhub Khabarhub

कक्षा १२ को ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र सार्वजनिक 


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ। धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो।

बोर्डले आगामी मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षाका लागि ४० पूर्णाङ्क तोकेको छ।

सोही आधारमा नमूना प्रश्नपत्र सार्वजनिक गरिएको हो। कोरोना महामारीका कारण ४० पूर्णाङ्कको परीक्षामा विद्यार्थीमा अन्योल नहोस् भनेर प्रश्नपत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा, २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा र ४० प्रतिशतको मात्र सैद्धान्तिक परीक्षा हुनेछ। त्यसका लागि बोर्डले कार्यविधिसमेत तयार पारेको छ। परीक्षाको तयारी तीव्र पारिएको बोर्डले जनाएको छ।

गत वैशाख ८ गतेदेखि हुने कार्यतालिका रहेको कक्षा १२ को परीक्षा कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको थियो।

कक्षा १२ का लागि यो वर्ष चार हजार एक सय पाँच परीक्षा केन्द्र तोकिएका छन्। विद्यार्थीले पढेको विद्यालयमा पुगेर परीक्षा दिन सम्भव नभएमा अहिले विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा दिन पाउने व्यवस्था गरेको छ।

तर, काठमाडौं उपत्यकाको हकमा भने विद्यार्थीले भने पढेकै विद्यालयमा परीक्षा दिनुपर्नेछ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : १३ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको