मेडिसिटी अस्पताल र ईसीएचएचबीच सम्झौता « Khabarhub

मेडिसिटी अस्पताल र ईसीएचएचबीच सम्झौता


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता भएको छ ।

नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाइडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा र नेपालस्थित भारतीय राजदूतावासका इसीएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतासँगै अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसीएचएच कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् ।

नेपाल स्थित भारतीय राजदूतावास अन्तर्गत रहेको इसीएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउनेछन् ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेण्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसीएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : १५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि