बालिका बलात्कार आरोपी प्रहरी जवान पक्राउ « Khabarhub

बालिका बलात्कार आरोपी प्रहरी जवान पक्राउ


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- बालिका बलात्कारको आरोप लागेका जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ ।

सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् ।

प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्पर्कविहीन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ ।

उनलाई आरोप प्रमाणित भए हदैसम्मको कानूनी कारवाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए ।

सो अस्थायी प्रहरी चौकीका प्रमुख चन्द्र भण्डारीलाई पनि आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

चौकीका प्रमुख भण्डारीले घटना भएको दिन र समयमा प्रहरी जवान कतै नगएको र व्यारेकमै रहेको दाबी गरे ।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ९ : ४९ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको