सँधै तन्नेरी देखिन खानोस् यी खानेकुरा « Khabarhub

सँधै तन्नेरी देखिन खानोस् यी खानेकुरा


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जो कोहीलाई आफू छिट्टै बुढोपाको देखिएको मन पर्दैन । अर्थात् मानिस चाहन्छ आफू सँधै जवान वा तन्नेरी देखिरहुँ ।

तर, उसले आफ्नो त्यो चाहानाअनुरूपको भोजनमा भने हेलचेक्क्राँई गर्छ ।

हामीले खाने भोजन नै हाम्रो शरीरका लागि पोषणको स्रोत हो । हाम्रो शरीरलाई भिटामिन, खनिज र फाइटोकेमिकल्स जस्ता केही पोषक तत्वको आवश्यकता हुन्छ किनभने यसले अंग र प्रणालीको कार्यसंचालन गराउन सहयोग गर्छ ।

यी पोषक तत्वले हाम्रो शरीरलाई हानिकारक रोग पैदा गर्ने र पर्यावरणमा रहेको विषाक्त पदार्थको प्रभावबाट बचाउँछन् । उचित पोषणले स्वास्थ्य राम्रो हुन्छ ।

हाम्रो शरीरका लागि पाँच प्रकारका पोषक तत्व आवश्यक हुन्छन्– प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन एवं मिनरल्स र फाइबर ।

प्रोटिन

प्रोटिनमा एमिनो एसिड हुन्छ । यसले शरीरमा उर्जा बनाउन सहयोग गर्छ । हाम्रो शरीरमा २० प्रकारका एमिनो एसिड हुन्छन् । यी सबै एसिड शरीरको उचित कार्यप्रणालीका लागि आवश्यक हुन्छन् । यसमा १२ एमिनो एसिडको निर्माण शरीरमा हुन्छ, बाँकी एमिनो एसिड खानेकुराबाट प्राप्त हुन्छ ।

फ्याट

फ्याट अर्थात बोसोले आफ्नो विभिन्न कार्य पूरा गर्नका लागि शरीरलाई ऊर्जा दिन्छ । हाम्रो शरीरमा पोषक तत्व एक ठाउँबाट अर्को ठाउँमा लाने काम पनि बोसोले गर्छ । मुख्यतः फ्याटी एसिड दुई प्रकारको हुन्छ– ओमेगा ३ फ्याटी एसिड र ओमेगा ६ फ्याटी एसिड ।

फाइबर

हाम्रो शरीरमा फाइबर पच्दैन । तर, फाइबरले पाचन यन्त्रलाई चुस्त बनाउँछ । यसले कब्जियतबाट छुटकारा दिन्छ ।

भिटामिन र मिनरल्स

पाचन प्रक्रियालाई नियमित एवं शरीरको उचित विकासका लागि भिटामिन र खनिजको थोरै मात्रामा आवश्यकता हुन्छ । यसैले हामीले आफ्नो आहारमा भिटामिन र खनिज पनि सेवन गर्नुपर्छ । यी पोषक तत्व अनाज, सब्जी र तेलको माध्यमबाट मिल्दछ ।

कुन खानामा के पाइन्छ ?

अनाज– मटर, दाल, सिमी आदिमा उचित मात्रामा प्रोटिन पाइन्छ । गहुँ, जौ, मकै, चामल आदिमा कार्बोहाइड्रेट पाइन्छ । जौ, गहुँ, मकै, ब्राउन राइस आदिमा फाइबर पनि हुन्छ ।

सब्जी

मटर, पालुङ्गो, च्याउ, फूलगोभी आदि सब्जी प्रोटिनका राम्रा स्रोत हुन् । आलु र जरा भएको सब्जीमा उचित मात्रामा कार्बोहाइड्रेट पाइन्छ । हरियो मटर, ब्रोकाउली, मूला, बन्दागोभी आदिमा फाइबर पाइन्छ ।

फल

केरा, स्याउ, आरु आदि फलमा प्रोटिन पाइन्छ । केरा, आरुजस्ता फलमा कार्बोहाइड्रेट पाइन्छ । स्याउ, नास्पाती जस्ता फलमा फाइबर पाइन्छ ।

तेल

सर्स्यूको तेल, जैतुनको तेल, सोयाबिन तेल, सूर्यमुखी तेल आदिमा बोसो अधिक मात्रामा पाइन्छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : ५० बजे

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट