सँधै तन्नेरी देखिन खानोस् यी खानेकुरा | Khabarhub Khabarhub

सँधै तन्नेरी देखिन खानोस् यी खानेकुरा


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जो कोहीलाई आफू छिट्टै बुढोपाको देखिएको मन पर्दैन । अर्थात् मानिस चाहन्छ आफू सँधै जवान वा तन्नेरी देखिरहुँ ।

तर, उसले आफ्नो त्यो चाहानाअनुरूपको भोजनमा भने हेलचेक्क्राँई गर्छ ।

हामीले खाने भोजन नै हाम्रो शरीरका लागि पोषणको स्रोत हो । हाम्रो शरीरलाई भिटामिन, खनिज र फाइटोकेमिकल्स जस्ता केही पोषक तत्वको आवश्यकता हुन्छ किनभने यसले अंग र प्रणालीको कार्यसंचालन गराउन सहयोग गर्छ ।

यी पोषक तत्वले हाम्रो शरीरलाई हानिकारक रोग पैदा गर्ने र पर्यावरणमा रहेको विषाक्त पदार्थको प्रभावबाट बचाउँछन् । उचित पोषणले स्वास्थ्य राम्रो हुन्छ ।

हाम्रो शरीरका लागि पाँच प्रकारका पोषक तत्व आवश्यक हुन्छन्– प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, भिटामिन एवं मिनरल्स र फाइबर ।

प्रोटिन

प्रोटिनमा एमिनो एसिड हुन्छ । यसले शरीरमा उर्जा बनाउन सहयोग गर्छ । हाम्रो शरीरमा २० प्रकारका एमिनो एसिड हुन्छन् । यी सबै एसिड शरीरको उचित कार्यप्रणालीका लागि आवश्यक हुन्छन् । यसमा १२ एमिनो एसिडको निर्माण शरीरमा हुन्छ, बाँकी एमिनो एसिड खानेकुराबाट प्राप्त हुन्छ ।

फ्याट

फ्याट अर्थात बोसोले आफ्नो विभिन्न कार्य पूरा गर्नका लागि शरीरलाई ऊर्जा दिन्छ । हाम्रो शरीरमा पोषक तत्व एक ठाउँबाट अर्को ठाउँमा लाने काम पनि बोसोले गर्छ । मुख्यतः फ्याटी एसिड दुई प्रकारको हुन्छ– ओमेगा ३ फ्याटी एसिड र ओमेगा ६ फ्याटी एसिड ।

फाइबर

हाम्रो शरीरमा फाइबर पच्दैन । तर, फाइबरले पाचन यन्त्रलाई चुस्त बनाउँछ । यसले कब्जियतबाट छुटकारा दिन्छ ।

भिटामिन र मिनरल्स

पाचन प्रक्रियालाई नियमित एवं शरीरको उचित विकासका लागि भिटामिन र खनिजको थोरै मात्रामा आवश्यकता हुन्छ । यसैले हामीले आफ्नो आहारमा भिटामिन र खनिज पनि सेवन गर्नुपर्छ । यी पोषक तत्व अनाज, सब्जी र तेलको माध्यमबाट मिल्दछ ।

कुन खानामा के पाइन्छ ?

अनाज– मटर, दाल, सिमी आदिमा उचित मात्रामा प्रोटिन पाइन्छ । गहुँ, जौ, मकै, चामल आदिमा कार्बोहाइड्रेट पाइन्छ । जौ, गहुँ, मकै, ब्राउन राइस आदिमा फाइबर पनि हुन्छ ।

सब्जी

मटर, पालुङ्गो, च्याउ, फूलगोभी आदि सब्जी प्रोटिनका राम्रा स्रोत हुन् । आलु र जरा भएको सब्जीमा उचित मात्रामा कार्बोहाइड्रेट पाइन्छ । हरियो मटर, ब्रोकाउली, मूला, बन्दागोभी आदिमा फाइबर पाइन्छ ।

फल

केरा, स्याउ, आरु आदि फलमा प्रोटिन पाइन्छ । केरा, आरुजस्ता फलमा कार्बोहाइड्रेट पाइन्छ । स्याउ, नास्पाती जस्ता फलमा फाइबर पाइन्छ ।

तेल

सर्स्यूको तेल, जैतुनको तेल, सोयाबिन तेल, सूर्यमुखी तेल आदिमा बोसो अधिक मात्रामा पाइन्छ । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ५ : ५० बजे

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय

तराईमा आगामी दुई दिन अत्यधिक गर्मी हुने, सावधानी अपनाउन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी

कश्मिरमा मारिएका सुदीपको शव आजै लखनउ हुँदै बुटवल ल्याइने

काठमाडौं – काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा

धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

काठमाडौं – पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश