रोनाल्डोको कीर्तिमानमा युभेन्टसको सहज जित | Khabarhub Khabarhub

रोनाल्डोको कीर्तिमानमा युभेन्टसको सहज जित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोले कीर्तिमान कायम गरेको खेलमा युभेन्ट्सले डायनामो किभलाई हराएको छ ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार भएको समूह जीको खेलमा सिरी ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पूरा गरे । खेलमा अग्रता युभेन्ट्सले चिसाको गोलबाट २१औँ मिनेटमा लिएको थियो ।

अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । मोराटाले ६६औँ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

युभेन्ट्स यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ । शीर्ष क्लब बार्सिलोनाको १५ अंक छ । युभेन्ट्स १२ अंकसहित दोस्रो स्थानमा छ ।

समूह चरणको अन्तिम खेलमा अर्को हप्ता बार्सिलोना र युभेन्ट्स भिड्नेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : २० बजे

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर