रोनाल्डोको कीर्तिमानमा युभेन्टसको सहज जित « Khabarhub

रोनाल्डोको कीर्तिमानमा युभेन्टसको सहज जित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोले कीर्तिमान कायम गरेको खेलमा युभेन्ट्सले डायनामो किभलाई हराएको छ ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार भएको समूह जीको खेलमा सिरी ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पूरा गरे । खेलमा अग्रता युभेन्ट्सले चिसाको गोलबाट २१औँ मिनेटमा लिएको थियो ।

अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । मोराटाले ६६औँ मिनेटमा गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

युभेन्ट्स यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ । शीर्ष क्लब बार्सिलोनाको १५ अंक छ । युभेन्ट्स १२ अंकसहित दोस्रो स्थानमा छ ।

समूह चरणको अन्तिम खेलमा अर्को हप्ता बार्सिलोना र युभेन्ट्स भिड्नेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : २० बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि