एनसेलको नयाँ भ्वाइस प्याक, अब २८ पैसा मै एक मिनेट कुराकानी « Khabarhub

एनसेलको नयाँ भ्वाइस प्याक, अब २८ पैसा मै एक मिनेट कुराकानी


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

यी नयाँ भ्वाइस प्याक यहि मंसिर १८ (बिहीबार) देखि ग्राहकका लागि उपलब्ध हुनेछ र प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित रु १७ मा एक घण्टा समयसीमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रति मिनेट करसहित रु २.५४ रहेको छ ।

ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ८ ह्यास डायल गरी एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित मात्र रु ४८ मा सुचारु गर्न सक्नेछन् ।

यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ६ एस्ट्रिक्स २ ह्यास डायल गरी तीन दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

सुलभदरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ ।

यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : २१ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको