नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३४३ कोरोना संक्रमित, १३ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १३४३ कोरोना संक्रमित, १३ को मृत्यु


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ थियो ।

पछिल्लो २४ घण्टामा थप २१२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २० हजार २७२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ४ : १४ बजे

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ

काठमाडौं – क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रहरी महानिरीक्षक