किन राजेश हमालले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ? « Khabarhub

किन राजेश हमालले म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् ?


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भन्ने बहस फिल्म वृत्तमा भइरहन्छ । ठूलो जनमानसले उनलाई महानायक मान्ने गरेको छ ।

हमाललाई फिल्मका पर्दाले आम दर्शकमाझ पुर्‍यायो । फिल्मले नै उनलाई महानायकको उपाधि दियो । तर, पछिल्लो समय फिल्ममा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्न थालेपछि हमाललाई दर्शकले म्युजिक भिडियोमा सीमित भएको प्रतिक्रिया दिन थालेका छन् ।

हमालले भने आफूले प्रस्ताव आएका सबै म्युजिक भिडियोमा काम नगरेको र आफूलाई राम्रा लागेका केही भिडियोमा अभिनय गरेको बताएका छन् ।

हमालले लकडाउनयता आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले आफूलाई लोकलयका गीत मन पर्ने भएकाले लोकलयका म्युजिक भिडियोमा अभिनय गरेको बताउँछन् ।

केही दिनअघि एक कार्यक्रममा भेटिएका हमालले लकडाउनपछि एकपछि अर्को म्युजिक भिडियोमा काम गरेर रेकर्ड बनाएको प्रतिक्रिया दिए ।

‘मलाई लोकलयका गीतले आकर्षित गर्छ, त्यसैले म्युजिक भिडियोमा अभिनय गरेको हुँ,’ हमालले भने ।

नेपाली लोकसंगीतका गीत दर्शकले अत्यन्तै रुचाएको र आफूलाई गीत मन परेको गीतमा अभिनय गरेको उनले बताए ।

त्यसो त महानायकबाट मोडल भएको भन्दै हमालको टिप्पणी हुने गरेको छ । यसमा प्रतिक्रिया दिँदै हमालले भने, ‘म्युजिक भिडियोमा के खराबी छ र ? कलाकार हो, मेरो पस्केको कुरा दर्शकले हेर्नुहुन्छ भन्ने लाग्यो भने अभिनय गर्छु ।’

साथै उनले म्युजिक भिडियोमा मात्र नभएर टिभीमा तथा नाटकमा पनि काम गर्ने गरेको बताए ।

‘म्युजिक भिडियो मेरो विधा चाहिँ होइन, मुख्यतया त म चलचित्र कलाकार नै हो, बढ्ता ध्यान त त्यतै जान्छ,’ हमालले भने, ‘फेरि प्रस्ताव आएका सबै म्युजिक भिडियोमा पनि कहाँ काम गरेको छु र ? केही गीतमा त काम गरेको हुँ ।’

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ४ : ३३ बजे

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

काठमाडौं– आपत्कालीन अवस्थामा रगतको अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या कम

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न रास्वपाको अपिल, दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको कप्तानगञ्ज लगायतका

सुनसरीका सीडीओ भन्छन् : हुल बनाएर स्थानीय बाहिर निस्किए, मानवीय क्षति रोक्न बल प्रयोग गरेका छैनौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई