ओलीपछि अध्यक्ष ‘प्रचण्ड’ले पनि भेटे राष्ट्रपतिलाई « Khabarhub

ओलीपछि अध्यक्ष ‘प्रचण्ड’ले पनि भेटे राष्ट्रपतिलाई


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद ‘उत्कर्ष’मा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार साँझ ‘प्रचण्ड’सँग भेटवार्ता गरेको शितल निवास स्रोतले जानकारी दिएको हो ।

नेकपाको विवाद ‘चरम उत्कर्ष’मा पुगेका बेला प्रचण्डले राष्ट्रपति भण्डारी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन् ।

बुधवारको सचिवालय बैठकमा ओली सहभागी नभएपछि स्थायी कमिटी बैठक तीन दिन पछाडि सारेर अनौपचारिक छलफल अगाडि बढाउने निर्णय भएको थियो ।

त्यसको अर्को दिन पार्टीका दुवै अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।

मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई घण्टा लामो छलफल गरेका थिए ।

छलफलको विषयबस्तुबारे शितलनिवास र बालुवाटारबाट केही बताइएको छैन ।

त्यसैगरी अर्का अध्यक्ष दाहालसँगको भेटमा भएका कुराकानीबारे औपचारिक जानकारी दिइएको छैन ।

गत कात्तिक १८ मा नेकपा विवाद चर्किएको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए ।

नेकपा विवादमा राष्ट्रपति भण्डारीको चासो र समाधानमा देखाएको सक्रियतालाई लिएर उनको आलोचनासमेत हुँदै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : ५० बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध