राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत « Khabarhub

राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ।

कोभिड-१९ का कारण उद्योगी व्यवसायीको उद्योगधन्दा समस्यामा परेको भन्दै गत साउनमा मौद्रिक नीतिमार्फत् पुनर्कर्जा दिने नीति ल्याइएको थियो।

सोहीअनुसार राष्ट्र बैंकले असोज मसान्तसम्मको म्याद राखेर पुनर्कर्जा लिन चाहनेहरूको लागि आवेदन दिन आग्रह गरेको थियो।

राष्ट्र बैंकले तोकेको मितिभित्र ६९ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जाका लागि आवेदन परेको थियो। सो मध्ये राष्ट्र बैंकले ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको जनाएको हो।

बिहीबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साउन ६ गते जारी गरेको पुनर्कर्जा कार्यविधि अनुसार नै कर्जा स्वीकृति गरेको दाबी गरे ।

कार्यविधिअनुसार कोरोनाबाट प्रभावित निजी क्षेत्रलाई अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी तीन भागमा विभाजन गरी पुनर्कर्जा प्रदान गर्नुपर्ने व्यवस्था छ।

पुनर्कर्जा लिनेहरूले कम्तीमा तीनदेखि बढीमा पाँच प्रतिशतसम्म ब्याज तिर्नुपर्ने व्यवस्था छ।

त्यस्तै राष्ट्र बैंकको तथ्यांकअनुसार व्यक्तिगत पुनर्कर्जातर्फ ५६ अर्ब रूपैयाँ बराबरको आवेदन परेकोमा १६ अर्ब रूपैयाँको कर्जा स्वीकृत भइसकेको छ।

१५ लाख मुनिका कर्जाको आवेदनको हकमा भने यही मंसिर २३ गतेभित्र स्वीकृत गरिसक्ने र बाँकी आवेदनको हकमा पनि पुसभित्र माग भएको पुनर्कर्जा स्वीकृत गरिसक्ने गभर्नर अधिकारीले जानकारी दिए।

त्यस्तै सहुलियतपुर्ण कर्जातर्फ हालसम्म ४१ हजार ६१८ जनालाई ७२ अर्ब रूपैयाँ बराबरको ऋण स्वीकृत भइसकेको छ।

गभर्नर अधिकारीले मंसिर १७ गतेसम्ममा २१९ अर्बको निक्षेप र २०२ अर्बको कर्जा प्रवाह भएको पनि जानकारी दिए।

उनले यही ट्रेन्डमा कर्जाको प्रवाह भएमा तरलता अभाव समेत हुन सक्ने भन्दै कुन-कुन शीर्षकमा कर्जा गएको छ त्यस विषयमा राष्ट्र बैंकले मिहीन ढंगले अध्ययन गरिरहेको पनि जानकारी दिए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ३८ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका