रुकुममा आलु उत्पादन घट्यो « Khabarhub

रुकुममा आलु उत्पादन घट्यो


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढी कमी आएको छ ।

जिल्लाको आलु खानको लागि निकै स्वादिष्ट पनि हुने गरेको छ । मानिसले प्राङ्गारिक मलको प्रयोग गर्ने र अर्गानिक आलु उत्पादन गर्ने गर्छन् ।

गत वर्ष १५ क्विन्टल आलु उत्पादन गर्न सफल भएकोमा यस वर्ष भने मुस्किलले त्यसको आधा मात्रै आलु उत्पादन भएको पुथाउत्तरगङ्गा गाउँपालिका–२ का कृषक माया पुनले बताए ।

वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउदा चिन्तित छन् । उनले गत वर्ष तीन क्विन्टल आलु उत्पादन गरेकी थिइन । यस वर्ष भने एक क्विन्टल मात्र आलु उत्पादन भएको उनको भनाइ छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकावासीको लागि आलु मकै पछिको दोस्रो प्रमुख बाली हो । यस वर्ष मकै उत्पादनमा वृद्धि भएको तर आलु उत्पादनमा भने कमी आएको स्थानीय बताउँछन् । यो ठाउँमा आलु उत्पादनमा वृद्धि हुँदा मकै उत्पादनमा कमी आउने र मकै उत्पादनमा वृद्धि हुँदा आलु उत्पादनमा कमी आउने गरेको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका कर्मसाही घर्तीले बताए ।

उनका अनुसार वडा नम्बर १ मैकोटमा गत वर्षमा एक हजार ५०० क्विन्टलदेखि दुई हजार क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने १ नम्बर वडामा मुस्किलले ८०० देखि लिएर एक हजार क्विन्टल मात्र आलु उत्पादन भएको छ ।

यस वर्षमा आलु उत्पादनमा कमी मात्र नभई आलुको दाना पनि सानो फलेको कृषकले बताएका छन् । प्रतिकूल मौसम, प्राविधिक ज्ञानको कमी, माटो परीक्षण नगरी खेती गर्नेलगायतका कारणले आलु उत्पादनमा कमी आएको हुनसक्ने कृषक बताउँछन् ।

गाउँपालिकावासीले मकै पछिको दोस्रो प्रमुख बालीको रुपमा आलुलाई मान्ने र उत्पादन पनि धेरै गर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए ।

आलु उत्पादनलाई निरन्तरता दिन र कृषकको समस्यालाई समाधान गर्न गाउँपालिकाले प्राविधिकको पनि व्यवस्था गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ४२ बजे

प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार

रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार तथा गायक

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले

दीपक प्रकाश भट्टले गरे मतदान

काठमाडौं– दीपक प्रकाश भट्टले प्रतिनिधिसभा निर्वाचनका अवसरमा मतदातालाई मतदानमा सहभागी