कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार : कोइराला « Khabarhub

कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार : कोइराला


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताएका छन् ।

नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार रहेकामा जोड दिए ।

केन्द्रीय सदस्य डा कोइरालाले सरकारले देशमा महँगी र भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतालाई अनुभूति दिने किसिमको काम गर्न सुझाव दिए ।

जनताले सरकार कहाँ छन् खोज्न नपरोस् भन्ने दिशातर्फ सरकार गम्भीर हुनुपर्ने भन्दै केन्द्रीय सदस्य कोइरालाले युवा शक्तिले देशलाई अग्रगामीतर्फ लैजानुपर्ने धारणा राखे ।

नेपाल कांग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरपालिका प्रमुख भीम पराजुलीले युवाहरुको सक्रियताबाट नै नेपालको विकास तीव्र गतिमा हुनेमा जोड दिए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ३ : २५ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।