लुगा लगाएर मात्र हुँदैन न्यानो, जाडोमा खानुस् यी खानेकुरा | Khabarhub Khabarhub

लुगा लगाएर मात्र हुँदैन न्यानो, जाडोमा खानुस् यी खानेकुरा


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मौसममा आएको बदलिका कारण शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा भएको छ ।

जसका कारण चिसो अत्यन्त बढेको छ । चिसो बढेका कारण न्यानो लुगा वा न्यानो वातावरणमा बस्नु नै भएको होला । तर त्यतिले मात्र पनि शरीरलाई पुग्दैन । त्यसैले खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।

जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ । यतिबेला झोल कुराहरूजस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदाजनक साबित हुन्छन् । यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ ।

अमेरिकास्थित एक फर्मास्युटिकल्स एसोसियसनका अनुसार जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिए जाडोको फ्लुबाट जोगिन सकिन्छ ।

भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ ।

त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ । यसले जाडो मौसममा खोकी तथा छातीको इन्फेक्सनबाट जोगाउँछ ।

त्यस्तै गरि बिहान एक गिलास अदुवा चिया वा ग्रिन टी, एउटा अण्डा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

बिहानको खानामा १० बजेतिर भात, एक कचौरा दाल तथा गेडागुडीको रस, साग (पालुंगो भए राम्रो), ब्रोकाउली वा काउली खान सकिन्छ ।यसैगरी दिउँसो १ बजेतिर स्याउ, सुन्तला तथा डार्क चकलेट खाने ।

४ बजेतिर पाकेका गेडागुडी, मकै तथा एक गिलास दूध र चिउरा खान सकिन्छ । सम्भव भए हलुवा पनि उपयुक्त हुन्छ । बेलुकाको खानामा २ वटा रोटी एवं एक गिलास गेडागुडीका साथ मसरुम सुप वा चिकेन सुप समावेश गर्न सकिन्छ ।

राति दूधमा मह तथा बेसार मिसाएर पिउन सकिन्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै कफ निमोनियाँबाट जोगाउँछ भने राति मीठो निद्रा लाग्छ ।

यस्ता खानेकुराले जाडो मौसममा तातो महसुस गराउनुका साथै शरीरलाई आवश्यक पोषणसमेत प्रदान गर्छन् । यो सामान्य मानिसका लागि उपयुक्त डाइट हो । यद्यपि सबैले एउटै क्यालोरी प्रयोग गर्न भने मिल्दैन ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ३ : २६ बजे

केबलकारविरोधी आन्दोलनमा लागेको आरोपमा सरु लिम्बूको बैंक खाता रोक्का

काठमाडौं – पाथीभरा मुक्कुम्लुङ केबलकार निर्माणको विरोधमा लागेको आरोपमा माछापुच्छ्रे बैंकले

मुक्कुम्लुङ आन्दोलनका १० जना अभियन्ताविरुद्ध वारेन्ट जारी

काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर

प्रधानमन्त्री ओली २५ गते धनगढी आउने

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओली फागुन २५ गते धनगढी आउने भएका

महासचिव पोखरेलले भने- गणतन्त्रको विकल्प राजतन्त्र होइन, जनताले फ्याँकेको कुरामा समय खेर नफालौँ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै काम हुँदैन : सभामुख

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै