२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना « Khabarhub

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी निकास २५ वर्षपछि खोलिएको छ। पुस ६ र ९ गते रातभर गरिएको प्रयासपछि पुस १० गते बिहान पाइप जडान गरेर धाराको निकास खुलाइएको हो।

महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतका अनुसार सुन्धारा लिच्छवीकालीन ढुङ्गेधारा हो। 

‘यो प्राचीन संरचनाबाट पानीको निकासका लागि बनाइएको ढल यति ठूलो थियो कि मानिस पसेर सफाइ गर्न सकिन्थ्यो,’ उनले भने, ‘सहरीकरणका क्रममा खानेपानी वितरण लाइन जडान गर्दा मौलिक ढल संरचना नष्ट गरी पाइप राखिएपछि करिब २५ वर्षअघि धाराको निकास बन्द भएको थियो।’

यसअघि पनि निकास खोल्ने प्रयास भए तापनि सफल हुन नसकेको बताउँदै संगतले भने, ‘करिब १० वर्षअघि प्रयास गरिएको थियो, तर सम्भव भएन। यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्म गहिराइ खनेर नियमित रूपमा काम गरेपछि निकास खोल्न सफल भयौँ।’

निकास खुलेपछि अब सुन्धारालाई प्राचीन स्वरुपमै पुनरुत्थान गर्ने योजना वडाले बनाएको छ। ‘यो केवल पानीको धारो मात्र होइन,’ संगतले भने , ‘यो नेवार सभ्यताको पहिचान हो। जल व्यवस्थापन प्रणाली र प्राचीन इञ्जिनियरिको जीवन्त उदाहरण हो। बिग्रिएको संरचना सुधार गरेर यसको मौलिकता र कलात्मकता पुनःस्थापित गर्छौँ।’

जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्यका अनुसार सुन्धाराको धार्मिक महत्व अझै जीवित छ।

स्थानीय मुकुन्दराज वैद्यले जयबागेश्वरी मन्दिर र सुन्धाराको स्थापना लिच्छवीकालीन राजा नरेन्द्र देवसँग जोडिएको बताए ।

यसअघि भएका पुनर्निर्माणका क्रममा सुन्धाराको स्वरुप बिग्रिएको स्वीकार गर्दै वडाध्यक्ष संगतले अब मौलिक डिजाइन, कलात्मक ढुङ्गा र संरचनालाई जोगाउँदै संरक्षण र पुनरुत्थानमा जोड दिने स्पष्ट पारे ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ६ : २८ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको