परिवर्तनका नायकहरूलाई कसरी बदनाम गर्न सकिन्छ भनेर पुराना शक्तिहरु लागेका छन् : प्रचण्ड « Khabarhub

परिवर्तनका नायकहरूलाई कसरी बदनाम गर्न सकिन्छ भनेर पुराना शक्तिहरु लागेका छन् : प्रचण्ड


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ व्यवस्थामा अझै जनताहरु अभ्यस्त हुन नसकेको बताएका छन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनताहरु अध्यस्त हुन अझ केही समय लाग्ने बताए । नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाइ छ ।

‘देशमा नयाँ परिस्थिती बनेको छ । नयाँ परिस्थिती भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन् । पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’’,प्रचण्डले भने, ‘‘जस्तो हिँडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुपर्‍यो भने अफ्ठ्यारोजस्ता महशुस पनि हुन्छ ।’

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएर नयाँ संविधान बनेको धेरैलाई मन नपरेको उनले बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा गयौँ । संविधान बनायौँ, तीन तहको निर्वाचन गर्‍यौँ । सबै संरचना नयाँ छ । यो अलि गुणात्मक छ, एकथरीलाई भने यो मन परेको छैन् । हिजो एकथरी राज गरेकाहरुलाई यो मन पर्दैन । उनीहरु कस्तो राम्रो व्यक्तिगत वर्गको वैभव जस्तो थियो त्यो सबै खोसिदा त मन पर्दैन नी’, प्रचण्डले भने ।

गणतन्त्र ल्याउन भूमिका खेल्नेहरूलाई बदनाम गराउन पुराना शक्ति लागिपरेको आरोप प्रचण्डको थियो । संघीय गणतान्त्रिक व्यवस्थामा विगतमा राज्यसत्ता खोसिएकाहरू अभ्यस्त हुन नसकेर वर्तमान व्यवस्थाविरुद्ध लागेको उनले बताए ।

‘परिवर्तनका नायकहरूलाई के गरी बदनाम गर्न सकिन्छ ? परिवर्तनका नायकहरूलाई के गरी मनोवैज्ञानिक रूपले दबाब दिन सकिन्छ या अन्य तरिकाले भन्ने पनि उनीहरू सोचिराख्छन्,’ प्रचण्डले भने, ‘सोचिमात्रै राख्दैनन्, त्यो उल्ट्याउनका निम्ति उनीहरू हातखुट्टा फालि पनि राख्छन्। यस्ता कुरामा सबै सचेत हुनुपर्छ।’

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  १० : १० बजे

देउवाक आठबुँदे प्रस्ताव स्वीकार गरेको गगनको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को