लामो समय सहवासको आनन्द लिन अपनाउनुस् यी उपाय | Khabarhub Khabarhub

लामो समय सहवासको आनन्द लिन अपनाउनुस् यी उपाय


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमी प्रेमिका वा पति पत्नीबीचको सम्बन्धलाई राम्रो र सुमधुर बनाउने एउटा माध्य सहवास वा यौन क्रियाकलाप हो ।

पार्टनर आफूहरुबीचको यौन कर्म लामोसमय होस् भन्ने चाहने विभिन्न अध्यननहरुले समेत देखाएको छ । यौन क्रियाको आनन्दको लम्बाई तपाईं आफू र पार्टनरमा भर पर्ने कुरा हो ।

हुन त यस्तो लामो समय टिक्ने कुरा पोर्न हेरेर तपाईंको मनमा बसेको हुनसक्छ । तर वास्तविकता के हो भने प्रेम सम्बन्धलाई पूर्ण रूपमा स्थापित गर्नका लागि ३० मिनेट लाग्छ । यसमा व्यक्ति अनुसार समय थपघट हुनसक्छ ।

यौन कार्यका क्रममा केही मिनेटमा नै स्खलित हुनुहुन्छ भने यसले यौन जीवनलाई सुख दिँदैन । तपाई यौन कार्यबाट सन्तुष्ट भएपनि तपाईको पार्टनर सन्तुष्ट नभएको हनुसक्छ ।

दुबै जनाबीचको सन्तुष्टि हुन सकेन भने यौन जीवनमा समस्या देखा पर्न सक्छ । यौनका लागि विकल्प वा अन्य पार्टनरको खोजी हुने खतरा पनि रहन्छ । यसले गर्दा प्रेमी प्रेमीका बीचको सम्बन्धमा समस्या आउन सक्छ भने पति पत्नीबीच समस्या देखिए घरबार नै बिग्रने खतरा पनि रहन्छ ।

त्यसैले चाडो स्खलित हुने समस्या भएमा केही उपायहरु अपनाउ सकिन्छ–

फलफूल सागसब्जी खाने गर्नुस् । अध्ययनका अनुसार मांसाहारी भोजन गर्ने पुरुषका तुलनामा शाकाहारी पुरुषले लामो समय सेक्सको आनन्द उठाउन सक्छन् । फल र तरकारीबाट पाइने पौष्टिकताले उनीहरूलाई तागत र ऊर्जा प्रदान गर्छन् ।

सेक्स गर्नुअघि केरा खानुभयो भने लामो समय टिक्नुहुनेछ । केरामा पोटेसियम र ग्लुकोज हुन्छ र यसले तपाईंलाई सेक्सको पूरा आनन्द दिलाउँछ ।

अमलाको रस नियमित पिउने पुरुषको वीर्य क्षमता पनि बढ्छ अनि सेक्सको पनि आनन्द उठाउन मद्दत गर्छ । अमलामा जिन्क र आइरन भरपूर हुन्छ ।

सम्भोगअघि स्ट्रबेरी खानुभयो भने लामो समय सेक्स गर्न सक्नुहुन्छ ।

यसका अलावा चिनी र चुरोट त्याग्नुभयो भने पनि तपाईं लामो समय सहवास गर्न सक्नुहुन्छ । धुम्रपान गर्दा धमनी कडा भएर लिंगमा रक्तप्रवाह हुन पाउँदैन र उत्तेजित हुन दिँदैन ।

सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने हात र पेटका मांसपेशी बलियो हुनु जरूरी हुन्छ । यसका लागि घरैमा वा जिम गएर व्यायाम गर्ने सल्लाह दिइन्छ । व्यायाम गर्दा लिंगमा राम्ररी रक्तसञ्चार हुन्छ जसका कारण यसलाई उत्तेजित हुन मद्दत पुग्छ ।

प्राक्क्रीडा गर्नुभयो भने तपाईं आफ्नो पार्टनरलाई खुशी बनाउन सक्नुहुन्छ र चरमसुख पनि लामो समयसम्म पाउनुहुन्छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ५ : १६ बजे

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै

तीन गीतविरुद्ध साइबर उजुरी, प्रियंका र तेजेन्द्र-निकिशाले अभिनय गरेको पनि पर्‍यो

काठमाडौं – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली गीत–संगीतबाट विकृति फैल्याएको