सुलेमानीको शवयात्रामा ठूलो सङ्ख्यामा मानिसहरु सहभागी « Khabarhub

सुलेमानीको शवयात्रामा ठूलो सङ्ख्यामा मानिसहरु सहभागी


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इराक– इराकको राजधानी बगदादमा शुक्रवार अमेरिकी हवाई महलामा मारिएका इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शवयात्रामा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन् ।

शनिवार बगदादमा जम्मा भएको समूहले सुलेमानीको शोक मनाउने पहिलो दिनको शुरूवात गरेको हो । सुलेमानीको निधनमा तीन दिनसम्म शोक मनाउने घोषणा गरिएको छ ।

उनको शवलाई इरान लगिनेछ र उनको गृहनगर केरमानमा मङ्गलवार अन्तिम संस्कार गरिने बताइएको बीबीसीले उल्लेख गरेको छ ।

मानिसहरु बगदादमा मारिएका अबु महदी अल-मुहन्दीसको निधनको पनि शोक मनाउन जम्मा भएको थियो।

मुहन्दीसले इरानी समर्थन रहेको कतैब हेजबुल्लाह समूहको नेतृत्व गर्थे र इरानसँग मिलेका मिलिशिया समूहहरूको छाता समूहको पनि नेतृत्व गर्थे ।

शोकमग्न मानिसहरू बगदादमा शवयात्रा शुरू हुनुअगावै बिहानैदेखि जम्मा हुन थालेका थिए ।

उनीहरूले इराकी र मिलिशियाका झण्डा फहराउँदै अमेरिका विरुद्ध नाराबाजीसमेत गरेका थिए । शवयात्रामा सहभागीहरूले सुलेमानीको र कैयौँले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तस्बिर बोकेका थिए ।

केही इराकीहरूले बगदादमा सुलेमानीको हत्यापछि खुसियाली मनाउँदै प्रदर्शन गरेका विवरण पनि आएका थिए । हालैका महिनामा इराकमा गरिएका शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्ने योजना बुनेको सुलेमानीमाथि आरोप थियो ।

सुलेमानी सर्वोच्च नेता आयतोल्लाह खामेनी पछिका दोश्रो शक्तिशाली नेताका रूपमा मानिन्थ्यो । इरानको रिभोलुशनरी गार्ड कर्प्सको उच्चतम एकाइ द क्विड फोर्सले आयतुल्लाह खोमेनीलाई रिपोर्ट गर्थ्यो र सुलेमानीलाई राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो ।

इरानको सैन्य रणनीतिका ‘मास्टरमाइन्ड’ मानिने सुलेमानी मध्यपूर्वकै सबैभन्दा रहस्यमय तथा शक्तिशाली सैनिक कमाण्डर थिए । उनले इरानको सर्वोच्च नेता आयतुल्लाह अली खोमेनीसंगको प्रत्यक्ष समन्वयमा इरानको सबै वाह्य गोप्य सैन्य तथा गुप्तचरी गतिबिधिहरुको नेतृत्व गर्थे ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ६ : २२ बजे

इरानमाथि अमेरिकी आक्रमण तीव्र, हर्मुज मार्ग नियन्त्रणमा लिने ट्रम्पको दाबी

वासिङ्टन– अमेरिकी सेनाले इरानका विभिन्न सैन्य ठेगानालाई लक्षित गरी लगातार

कुशल भुर्तेलको शतकमा जर्सीविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौँ – कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको धारिलो

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६