सभापति देउवा महाधिवेशनलाई प्रभावित पार्न खोज्दैछन्– नेता केसी « Khabarhub

सभापति देउवा महाधिवेशनलाई प्रभावित पार्न खोज्दैछन्– नेता केसी


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा पुग्ने बताएका छन् ।

नेपाली कांग्रेस तनहुँले शनिवार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाए ।

नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनलाई प्रभावित पार्न उद्यत रहेको आरोप लगाए ।

“पार्टी सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन प्रभावित पर्न लागि परेका छन्”, उनले भने, “सहमति र सहकार्यबाटै अगाडि बढ्न सके मात्रै पार्टीको हित हुन्छ ।”

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : २२ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,