हिँउ हटाइएपछि सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुला « Khabarhub

हिँउ हटाइएपछि सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग खुला


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग ३८ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग शनिवार देखि सञ्चालनमा आएको हो ।

हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो । सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालय, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गका सडकमा रहेको हिउँ हटाइएको थियो । मध्याह्नदेखि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

हिमपातका कारण डोटीको गैरा, डडेल्धुराको हगुल्टे क्षेत्रमा अलपत्रमा परेका सवारीसाधन अहिले राजमार्ग सञ्चालन भएपछि आआफ्नो गन्तव्यतिर लागिरहेका छन् । भीमदत्त राजमार्गको मेलखर्क, हगुल्डे, साहुँखर्क बजारलगायत डोटीको गैरा क्षेत्रमा करिब तीन फिट बाक्लो हिउँ जमेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ५२ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,