मालवीको संवैधानिक अदालतले रद्द गर्‍यो राष्ट्रपति चुनावको नतिजा | Khabarhub Khabarhub

मालवीको संवैधानिक अदालतले रद्द गर्‍यो राष्ट्रपति चुनावको नतिजा


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी देश मालवीको संवैधानिक अदालतले गएको वर्ष भएको विवादास्पद चुनावलाई रद्द गरेको छ । गएको वर्ष भएको चुनावमा राष्ट्रपति पिटर मुथारिका कम मतान्तरले विजयी भएका थिए ।

गएको मे २१ मा भएको चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको न्यायाधीशले बताएका छन्।

मालवी सन् १९६४ मा स्वतन्त्र भएयता कानूनी रुपमा चुनाव रद्द भएको यो पहिलो पटक हो । नयाँ राष्ट्रपति चुनाव अबको १५१ दिनभित्र हुनेछ । गएका मे मा भएको चुनाव यता लगातार सरकार विरोधी प्रदर्शन हुँदै आएको थियो ।

नयाँ चुनाव नभएसम्म राष्ट्रपति मुथारिका सत्तामा रहने अदालतले उल्लेख गरेको छ।

मे मा भएको चुनावमा पिटर मुथारिकाले ३८.६ प्रतिशत मत प्राप्त गरी झिनो मतान्तरले दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

तर दोस्रो स्थानमा आएका लाजारुस चाक्वेरा र तेस्रो स्थानमा आएका साउलोस चिलिमा चुनावको नतिजा विरुद्ध अदालत गएका थिए ।

संवैधानिक अदालतले सोमबार दिएको फैसलामा उजुरीकर्ताको आरोप अनुसार चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : १५ बजे

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा