मालवीको संवैधानिक अदालतले रद्द गर्‍यो राष्ट्रपति चुनावको नतिजा « Khabarhub

मालवीको संवैधानिक अदालतले रद्द गर्‍यो राष्ट्रपति चुनावको नतिजा


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफ्रिकी देश मालवीको संवैधानिक अदालतले गएको वर्ष भएको विवादास्पद चुनावलाई रद्द गरेको छ । गएको वर्ष भएको चुनावमा राष्ट्रपति पिटर मुथारिका कम मतान्तरले विजयी भएका थिए ।

गएको मे २१ मा भएको चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको न्यायाधीशले बताएका छन्।

मालवी सन् १९६४ मा स्वतन्त्र भएयता कानूनी रुपमा चुनाव रद्द भएको यो पहिलो पटक हो । नयाँ राष्ट्रपति चुनाव अबको १५१ दिनभित्र हुनेछ । गएका मे मा भएको चुनाव यता लगातार सरकार विरोधी प्रदर्शन हुँदै आएको थियो ।

नयाँ चुनाव नभएसम्म राष्ट्रपति मुथारिका सत्तामा रहने अदालतले उल्लेख गरेको छ।

मे मा भएको चुनावमा पिटर मुथारिकाले ३८.६ प्रतिशत मत प्राप्त गरी झिनो मतान्तरले दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।

तर दोस्रो स्थानमा आएका लाजारुस चाक्वेरा र तेस्रो स्थानमा आएका साउलोस चिलिमा चुनावको नतिजा विरुद्ध अदालत गएका थिए ।

संवैधानिक अदालतले सोमबार दिएको फैसलामा उजुरीकर्ताको आरोप अनुसार चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : १५ बजे

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन