मापदण्ड विपरितका काठमाडौंका १८ पेट्रोल पम्प हटाइँदै « Khabarhub

मापदण्ड विपरितका काठमाडौंका १८ पेट्रोल पम्प हटाइँदै


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  मापदण्ड विपरितका काठमाडौंका १८ वटा पेट्रोल पम्पलाई हटाइने भएको छ ।

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका हुन् ।

सडकको किनारमै रहेका तथा घना बस्तीका बीचमा नै पेट्रोलपम्प रहँदा असुरक्षा बढेको भन्दै आलोचना भइरहँदा त्यस्ता पेट्रोलपम्प हटाउन लागिएको हो ।

सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल आयल निगमलाई पत्राचार समेत गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालका अनुसार काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन लागिएको हो ।

हटाउन लागिएको पेट्रोल पम्पको सूची यस्तो छ –

  1. कोत थुकु पेट्रोल पम्प, बालाजु
  2. जयन्ती पेट्रोल पम्प, थापाथली
  3. कनक पेट्रोल पम्प, कालीमाटी
  4. मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
  5. बाबा पेट्रोल पम्प, कलङ्की
  6. श्यामा पेट्रोल पम्प, कलङ्की
  7. त्रिशूल पेट्रोल पम्प, कलङ्की
  8. भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
  9. कामाख्या पेट्रोल पम्प, कोटेश्वर
  10. जुबी पेट्रोल पम्प, बौद्ध
  11. बराल पेट्रोल पम्प, बौद्ध
  12. सीता पेट्रोल पम्प, महाराजगञ्ज
  13. ललितपुरबाट हटाइने पेट्रोल पम्प
  14. बज्रबराही पेट्रोल पम्प, चापागाउँ
  15. बालकुमारी पेट्रोल पम्प, चापागाउँ
  16. टीका भैरव डिजेल स्टोर, चापागाउँ
  17. साझा पेट्रोल पम्प, जावलाखेल
  18. एच पी इन्टरनेसनल, जावलाखेल
  19. गायत्री पेट्रोल पम्प, जावलाखेल

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ०२ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल