भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ « Khabarhub

भरत दाहालको गिरफ्तारीबारे ओली : उनले बम पड्काएका थिएनन्, सरकार फासीवादको यात्रामा छ


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्लेषक भरत दाहालको आइतबार मोरङबाट भएको गिरफ्तारीलाई वालेन्द्र शाह नेतृत्वको सरकारको फासीवादतिरको यात्रा भनेका छन्।

ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकलाई उद्घाटन सम्बोधन गर्दै ओलीले यस्तो भनेका हुन् ।

विश्लेषक दाहालको गिरफ्तारीको विषय उठाउँदै ओलीले उनको गिरफ्तारीलाई ‘फासीवादतिरको यात्रा’ भएको टिप्पणी गरे ।

‘भरत दाहालले बम पड्काएका थिए ? गोली चलाएका थिए ? उनी अलिक अगाडिदेखि बोलिरहेका थिए,’ उनले भने, ‘विश्लेषकका कुरा कहिले मिल्छन्, कहिले हावादारी पनि हुन्छन् । त बोले भन्दैमा पक्रिनु यो सरकारको फासीवादी चरित्र हो, यो निन्दनीय छ।’

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : १४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष