ओलीको आरोप- एमालेमाथि सबैभन्दा बढी हमला भयो, घर र सम्पत्ति जलाएर हामीलाई सुकुम्वासी बनाए « Khabarhub

ओलीको आरोप- एमालेमाथि सबैभन्दा बढी हमला भयो, घर र सम्पत्ति जलाएर हामीलाई सुकुम्वासी बनाए


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि सबैभन्दा बढी आक्रमण भएको आरोप लगाएका छन् । ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार र राजनीतिक परिस्थितिमाथि कडा आलोचना गरेका हुन् ।

ओलीले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

उनले आफ्नो नेतृत्वमा रहेको एमालेमाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको दाबी गरे । ‘यो सरकारमा रहेकाहरूबाहेक सबैलाई आक्रमण गरियो । अरूमाथि भन्दा हामीमाथि धेरै आक्रमण गरियो,’ ओलीले भने, ‘यस पार्टीको नेताका हिसाबले ममाथि सबैभन्दा बढी आक्रमण गरियो ।’

उनले गत चैत १३ गते सरकार गठन भएपछि चैत १४ गते आफूलाई गिरफ्तार गरिएको भन्दै त्यसलाई ‘प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण’ व्यवहार भएको दाबी गरे ।

‘त्यही आक्रमणलाई निरन्तरता दिन गत चैत १३ गते सरकार बन्नेबित्तिकै १४ गते मलाई गिरफ्तार गरियो । प्रतिशोधपूर्ण र पूर्वाग्रहपूर्ण व्यवहारको पुर्जीबाट मलाई गैरकानुनी गिरफ्तार गरियो,’ उनले भने ।

ओलीले गत भदौ २४ गते एमालेका नेता तथा कार्यकर्ताका सम्पत्ति जलाइएको र लुटिएको दाबी गर्दै आफूहरू सुकुम्बासी बन्न पुगेको बताए ।

‘भदौ २४ गते भएभरका सबै सम्पत्ति जलाएर, लुटेर हामीलाई सुकुम्बासी बनाइयो, लुटपाट गरियो । सबै सम्पत्ति जलाइएकाले हामी सुकुम्बासी भएका छौँ,’ उनले भने ।

उनले अहिले देशमा ‘अधिनायकवाद’ रहेको दाबी गर्दै त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बताए । असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने एमालेको धारणा रहेको पनि उनले बताए ।

‘हामीलाई प्रतिबन्ध गरेर, राहदानी रोक्का गरेर बलजफ्ती चुनाव घोषणा गरियो । लुटिएका हतियार बाहिरै छन्, कैदी बाहिरै छन् । राज्य आतंक जारी छ । जाली मुद्दा लगाउने शृङ्खला अझै जारी छ,’ ओलीले भने ।

निर्वाचनप्रति पनि ओलीले प्रश्न उठाए । उनले निर्वाचनलाई ‘नाटक’को संज्ञा दिँदै कसैलाई बोल्न नदिई निर्वाचन गराइएको आरोप लगाए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ०३ बजे

राजदूत प्रकरणमा ज्ञानेन्द्रले घेरे सरकारलाई : विदेशी सहयोगमा पालितपोषितकै हालिमुहाली भएछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले