उत्पादन घटेपछि कुखुराको मासुको मुल्य ७० प्रतिशतले बढ्यो « Khabarhub

उत्पादन घटेपछि कुखुराको मासुको मुल्य ७० प्रतिशतले बढ्यो

माग अनुसार कुखुराको मासु पाउन मुस्किल



काठमाडौं–डेढ महिना अगाडी बजारमा कुखुराको मुल्य प्रतिकेजी २ सय ४० रुपैयाँ थियो । तर त्यही मासु १ सय ७० रुपैयाँले बढेर सोमबार ४ सय १० रुपैयाँ पुगेको छ ।

माघ महिनामा विशेषगरी मासुको खपत हुने महिना पनि हो । विवाह, व्रतबन्ध, पिकनिक लगायतका स्थानमा मासुको परिकार हुने हुँदा माघ र फागुनलाई अत्याधिक रुपमा मासुको खपत हुने महिनाका रुपमा लिइन्छ ।

तर यही समय मासुको मुल्यमा ७० प्रतिशतले वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । यसरी व्यापारीले आफुखुसी मुल्य बढाउँदा पनि सरकारी पक्षबाट अनुगमन र कारवाही भने हुन सकेको छैन । जसकारण व्यापारीहरु झनै मुल्य बढाएर मासुको व्यापार गरिरहेका छन् ।

मूल्य वृद्धिको कारण

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकाअनुसार काठमाडौंमा मात्र दैनिक ३ लाख किलो तयारी कुखुराको मासु खपत हुन्छ । मागअनुसार अहिले बजारमा मासु पाउन मुस्किल भइसकेको छ ।

व्यापारीले लागत मुल्य नपाएको भन्दै गत मंसिर २९ गतेदेखि १० दिनसम चल्ला उत्पादन १० दिनसम्म बन्द गरे ।

उनीहरुले चिकेन होलिडे नै मनाएर करिब ३० लाख चल्ला जिउँदै खाल्डामा हालेका थिए भने यस्तै सोही अवधीमा व्यापारीले २० लाख अण्डा नष्ट समेत गरेका थिए ।

तत्काल बजारमा त्यसको प्रभाव नपरेपनि डेढ महिनापछि अर्थात् अहिले बजारमा त्यसको असर देखिएको छ ।

१० लाखले घट्यो चल्ला उत्पादन : ह्याचरी संघ

१० दिन आन्दोलन गरेपछि त्यसपछि निरन्तर चल्ला उत्पादन गरिरहेको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ ।

डेढ महिनाअघि सम्म ह्याचरीले एक सातामा ४५ लाख चल्ला उत्पादन गथ्र्यो भने अहिले ३५ लाख उत्पादन गरिरहेको संघका अध्यक्ष टिकाराम पोखरेलले खबरहबलाई जानकारी दिए ।

‘चल्ला उत्पादनमा सातामा १० लाखले घटेको छ’ उनले खबरहबसँग भने, ‘तर पनि किसानहरु डराइरहेका छन् ।’
लागतअनुसार मुल्य नपाएरै उत्पादन १० दिन ठप्प गरेको र अहिलेपनि घटाएर उत्पादन गरिरहेको उनले बताए ।

अभाव भएपछि अण्डाको मुल्य बढाउँदै व्यापारी

अण्डा उत्पादक संघकै समर्थनमा ३ सय ५ रुपैयाँमा ठूलो अण्डा र २ सय ९० रुपैयाँमा मिडियम अण्डाको मुल्य रहेको अण्डा उत्पादक संघले जनाएको छ ।

संघका अध्यक्ष शिवराम केसीका अनुसार उपभोक्ताका लागि खुद्रा मुल्यमा प्रति अण्डा १३ रुपैयाँ रहेको छ ।

यद्यपी बजारमा अहिले अण्डाको मुल्य पनि आकासिएको छ । बजार अनुगमन हुन नसक्दा व्यापारीले मनोमानी ढंगले मुल्य तोक्दै बिक्री वितरण गरिरहेका छन् ।

मासुको मुल्यसँगै अण्डाको मुल्य पनि ४ सय रुपैयाँ क्रेटसम्म उपभोक्ताले खरिद गरिरहेका छन् ।

‘माग र आपूर्तिकै कुरा हो गर्ने हो भने अहिले रातो कुखुराको माग धेरै छ’ उनले भने, ‘अण्डाको छिटै स्ट्याटेजी आउने र खपत बढेर माग पनि बढ्नेछ ।’

लागत मुल्य नपाएपनि त्यसतर्फ उन्मुख रहेको उनले बताए । अहिले दैनिक ३५ लाखसम्म अण्डा उत्पादन हुन्छ ।

भैसीको मासु ६ सय रुपैयाँ हुँदा वास्ता छैन कुखुराको ४ सय पुग्दा किन टाउको दुखाई ?

पोल्ट्रीका किसानहरु लामो समयदेखि घाटा खाएको र कुखुरा पाल्न सक्ने स्थिति नै नभएकाले यस महिनाभर मुल्य बढ्ने र अभाव हुने पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द बिष्टले जानकारी दिए ।

‘भैसीको मासु प्रतिकेजी ६ सय रुपैयाँ तिर्छन् अनि खसीको १२ सयमा किन्छन्’ बिष्टले खबरहबसँग भने, ‘कुखुराको मासु ४ सय रुपैयाँ पुग्दा किन आपत्ती ?’

भैसी र खसीको मुल्य बढी हुँदा पनि हुने र आन्तरिक बजारमा उत्पादन हुने कुखुरा चाहिँ घाटा खाएर बेच्नुपर्ने भन्दै उनले गुनासो समेत गरे ।

‘एक वर्षदेखि निरन्तर घाटामा गएपछि किसानले कुखुरा पाल्न छोडे थोरैको संख्यामा पाल्नेहरुको मुल्यमा वृद्धि भयो’ उनले भने, ‘अब मुल्य मात्र होइन मासुको अभाव समेत हुनेछ ।’

उपभोक्ता हित संरक्षण विभाग के भन्छ ?

लगातार कुखुराको मासुको मुल्यमा वृद्धि आएसँगै सरकारी तर्फबाट यसलाइ रोक्न र कारवाही गर्ने प्रक्रिया थालेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

मुल्य बढेसँगै विभागले शुक्रबार पोल्ट्री, दाना, अण्डा र कुखुरापालक संघलाई पत्र पठाइसकेको विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले खबरहबलाई जानकारी दिए ।

‘मुल्य बढेको थाहा पाउना साथ के कारण मुल्य बढेको भनेर पत्र पठाएका छौं’ उनले भने, ‘बजारमा पनि यसलाई मध्यनजर गर्दै अनुगमन गरिरहेका छौं ।’

व्यवसायीलाई पत्रमा ५ दिनको समय दिदैं ठूला ट्रेडर्सहरुलाई स्टगसहित लिएर आउन आवह्वान गर्दै पत्र पठाएको उनले बताए ।

‘५ दिनको समय भोलि सकिन्छ’ उनले भने, ‘त्यसपछि कानूनअनुसार अपराध पुष्टि भएमा कारवाही पनि हुन्छ ।’

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : २६ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको