डोटी र डडेलधुरामा फागुनदेखि स्वास्थ्य बीमा गरिने | Khabarhub Khabarhub

डोटी र डडेलधुरामा फागुनदेखि स्वास्थ्य बीमा गरिने


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी –  सुदूरपश्चिम प्रदेका डोटी र डडेल्धुरामा फागुनदेखि स्वास्थ्य बीमा सुरु गरिने भएको छ ।

सुदूरपश्चिमका डोटी र डडेल्धुरा बाहेकका जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन भइसकेको छ । बाँकी दुई जिल्लामा पनि फागुन पहिलो सातादेखि बीमा कार्यक्रम संचालनमा ल्याइने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका संयोजक जनक साउदले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका सात जिल्लामा अहिलेसम्म स्वास्थ्य बीमितको सङ्ख्या साढे दुई लाख पुगेको छ । २०७२ साल चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो ।

अहिले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६ सय २० पुगेको साउदले जानकारी दिए ।

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८ सय २० र सबैभन्दा कम दार्जुलामा छ हजार बीमित भएका छन् ।

बझाङमा ३० हजार ४ सय ५०, अछाममा २७ हजार, बाजुरा २६ हजार ६ सय ५०, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित भएको साउदको भनाई छ।

तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् ।

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य बीमा कार्यक्रम चालू आर्थिक वर्ष २०७६/७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारी लक्ष्य छ ।

सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा शत प्रतिशत पुर्‍याउने सरकारी योजना छ ।

स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरीबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट दिइने व्यवस्था छ ।

यस्तै महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।

त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ३७ बजे

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको

बाढी आउनसक्ने भन्दै जलविद्युत् आयोजनालाई सतर्कता अपनाउन आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत् आयोजनालाई