८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता « Khabarhub

८ लाख ठगी गरेको भन्दै कांग्रेस सांसदविरुद्ध संसद सचिवालयमै उजुरी दर्ता


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य (सांसद) रहेकी पार्वता डिसी चौधरीविरुद्ध संघीय संसद सचिवालयमै ठगी गरेको भन्दै उजुरी परेको छ ।

चौधरीले आफूहरुसँग एक पटक ३ लाख र अर्को पटक ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर फिर्ता नगरेको भन्दै दाङका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले संसद सचिवालयमा उजुरी दर्ता गरेका हुन् ।

सांसद चौधरीविरुद्ध उजुरी दर्ता गर्ने पाण्डे बाँकेको तत्कालीन गढवा गाविसका कांग्रेस पार्टीको उपसभापति भइसकेका व्यक्ति हुन् ।

पाण्डे र थापाद्वारा दायर गरिएको उजुरीमा सांसद चौधरीले २०७४ सालमा शुरुमा ३ लाख पछि ५ लाख गरी ८ लाख रुपैयाँ लिएको, तर पटक पटक आग्रह गर्दा पनि फिर्ता नगरेको उल्लेख गरिएको छ ।

चौधरीले रकम लिएको विषयमा पार्टी भित्रै पनि पटक पटक उजुरी तथा गुनासो दर्ता गराउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाइ छ ।

सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेको उल्लेख गर्दै उनलाई झिकाएर आफ्नो रकम दिलाइदिन उजुरीमा माग गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : २८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड