ठेकेदारहरुलाई कालो सूचीमा राख्ने कानून संशोधन गर्न माग « Khabarhub

ठेकेदारहरुलाई कालो सूचीमा राख्ने कानून संशोधन गर्न माग


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले पूर्वाधार निर्माणका सन्दर्भमा आकर्षित हुने कानूनमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्नेलगायतका व्यवस्था हटाउन माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई ज्ञापन पत्र बुझाउँदै महासंघको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐन/नियम परिमार्जनका लागि पहल गरिदिन भनेको हो ।

सडकलगायत पूर्वाधार निर्माणमा देखिएको समस्याबारे सभापति र सदस्यलाई जानकारी गराउँदै प्रतिनिधिमण्डले धरौटी रकम जफत हुने, सम्झौता अङ्कको १० प्रतिशत रकम शोधभर्नाबापत असुल गरिने, एक वर्षदेखि तीन वर्षसम्म कालो सूचीमा राखिने र ठेक्का रद्द गरिने प्रावधान संशोधन गर्न सुझाव दियो ।

महासंघको केही दिन अघि भक्तपुरमा सम्पन्न २१औं साधारणसभामा पारित एजेन्डाबारे जानकारी गराउँदै अध्यक्ष रवि सिंहको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले ठेक्काबीचैमा छोडेमा सम्पन्न हुन बाँकी कामको लागत रकम निर्माण व्यवसायीको घरघरानाबाट असुल उपर गरिने र भ्रष्टाचारको मुद्दा चलाइने प्रावधान व्यवसायीमैत्री नभएकाले सुधारको माग गरेको थियो ।

सो अवसरमा सभापति खड्का र सदस्यहरुले चीनमा एक हजार शैय्याको अस्पताल छ दिनमा तयार हुने नेपालमा भने १५० मिटरको पुल बनाउन १५ वर्ष लाग्ने प्रवृत्तिको अन्त्य गर्न पूर्वाधार निर्माणमा दण्ड र सजाय लागू गर्ने विषयमा सहयोग पुर्‍याउन व्यवसायीलाई सुझाव दिइन् ।

समितिका सदस्यहरुले तोकिएको समय सीमाभित्र आयोजना पूरा गर्न आफ्नो क्षमता बढाउन, ठेक्का पार्ने मात्र नियतले अत्यन्त कम रकममा बोलपत्र हाल्ने प्रवृत्ति रोक्न तथा कार्यतालिकाअनुसार काम नगर्ने ठेकेदारलाई दण्ड सजायको भागीदार बनाउने काममा सहयोग गर्न व्यवसायीलाई सल्लाह दिए ।

विकास निर्माणका काम गुणस्तरीय तुल्याउन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिँदै सदस्यहरुले गलत काम गर्नेलाई व्यवसायबाटै पन्छाउने काममा सरकारलाई महासंघको सहयोगको आवश्यकता रहेको सांसदहरुले सुझाव दिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ३ : ४९ बजे

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते

काठमाडौं – पछिल्लो २४ घण्टामा भएका विभिन्न घटनामा एक जनाको

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी