सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो) « Khabarhub

सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत (भिडियो)


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् ।

भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ । संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ । यस्तै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

राजेश श्रेष्ठको डिओपीमा तयार भएको यो फिल्मलाई वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।

आसुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई एक निषेधित प्रेमकथा भनिएको छ । फिल्ममा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर गिरी, प्रेम पुरी, अनुभव रेग्मी, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तो छ गीत:

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ३७ बजे

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय