१० वर्षीय बालक अपरहणको अभियोगमा दुई जना पक्राउ « Khabarhub

१० वर्षीय बालक अपरहणको अभियोगमा दुई जना पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- १० वर्षीय बालकलाई अपरहण गरेको अभियोगमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

अपहरणमा परेका ती बालकको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित सडकबाट आइतबार प्रहरीले उद्दार गरेको थियो ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगंज महानगरपालिका–१४ गण्डक बहुअरी बस्ने रमेश राम र बारा प्रसौनी गाउँपालिका–५ प्रष्टोका बस्ने राजु राम रहेका छन् ।

गत शुक्रबार सरस्वती पूजाको बिसर्जन गर्न गएका ती बालक घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरीले खोजी जारी राखेको थियो ।

रामले अपहरणका मुख्य योजनाकार राजुलाई बुझाउन लैजाँदै गर्दा फेला पारी बालकको उद्दार गरेको हो । रामलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनकै मामा राजुले बालकलाई ललाइफकाई अपहरण गरी ल्याउनु भनी नगद ५० हजार रुपैयाँ दिन्छु भनेपश्चात उनले बालकलाई अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरु उपर अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ४० बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,