सरकारद्वारा सीजी टेलिकमको लाइसेन्स खारेज « Khabarhub

सरकारद्वारा सीजी टेलिकमको लाइसेन्स खारेज


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन (टेलिकम) प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको छ ।

सीजी कम्युनिकेशन (तत्कालीन एसटीएम टेलिकम)ले ७ वटा जिल्लामा (सीमित गतिशीलतामा आधारित वायरलेस दूरसञ्चार सेवा) प्रवाहका लागि भन्दै १९ माघ २०६६ मा अनुमतिपत्र पाएको थियो ।

तर, सीजीले उक्त सेवाको लागि आवश्यक पर्ने नवीकरण दस्तुर नतिरेको भन्दै प्राधिकरणले केही समय अगाडि लाइसेन्स निलम्बन गरेको थियो ।

लाइसेन्स निलम्बन गरेर राजश्व दाखिला गर्नका लागि ताकेता गर्दा पनि राजश्व रकम दाखिला नगरेको भन्दै प्राधिकरणले अन्ततः लाइसेन्स नै खारेज गरिदिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : १४ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको