प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन् ।

प्रदेश नं. ५ को स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा उनले भने, “कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

मुख्यमन्त्री पोखरेलले संघीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिए । उनले भने, “हामीले विकासको आकांक्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं ।”

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार भएको बताए ।

संघीय समाजवादी पार्टीका सन्तोष पाण्डेले प्रदेशको विकासका लागि सबैको सुझाव र सहयोग आवश्यक भएको बताए । प्रदेशसभाका ८६ सदस्यमध्ये अधिकांश अनुपस्थित रहेको सो कार्यक्रममा थारु संस्कृतिको झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभाका पूर्वसचिव सुरेन्द्र अर्याल, डा मनबहादुर विक, प्रेम भट्टराईलगायतका कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : ४५ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित