प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको छः मुख्यमन्त्री पोखरेल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन् ।

प्रदेश नं. ५ को स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा उनले भने, “कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

मुख्यमन्त्री पोखरेलले संघीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिए । उनले भने, “हामीले विकासको आकांक्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं ।”

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार भएको बताए ।

संघीय समाजवादी पार्टीका सन्तोष पाण्डेले प्रदेशको विकासका लागि सबैको सुझाव र सहयोग आवश्यक भएको बताए । प्रदेशसभाका ८६ सदस्यमध्ये अधिकांश अनुपस्थित रहेको सो कार्यक्रममा थारु संस्कृतिको झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभाका पूर्वसचिव सुरेन्द्र अर्याल, डा मनबहादुर विक, प्रेम भट्टराईलगायतका कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ५ : ४५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर