चीनबाट नेपाली स्वदेश ल्याइने विषयमा सिंहदरबारमा छलफल | Khabarhub Khabarhub

चीनबाट नेपाली स्वदेश ल्याइने विषयमा सिंहदरबारमा छलफल


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिएको चीनबाट नेपालीलाई स्वदेश फर्काउने विषयमा टुंगो लगाउन सिंहदरबारमा छलफल शुरु भएको छ ।

चीनबाट स्वदेश ल्याइने नेपालीलाई राख्ने सुरक्षित स्थानको टुंगो लगाउन सिंहदरबारमा छलफल थालिएको हो ।

सरकारले चीनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा सबै तयारी गरे‍ पनि उनीहरुलाई राख्ने ठाउँको टुंगो नलाग्दा ल्याउन सकिएको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइने नेपालीलाई कहाँ राख्ने भन्ने विषयमा टु‌गो लगाउन सिंहदरबारस्थित मुख्य सचिवको कार्यालयमा बैठक शुरु भएको हो ।

मुख्यसिचव लोकदर्शन रेग्मीको अध्यक्षतामा आज ( मंगलबार) साँझ ६ बजेदेखि  बसेको बैठकले चीनबाट नेपाल ल्याइने नेपालीहरुलाई कहाँ राख्ने भन्ने विषयमा टुंगो लगाउने छ ।

छलफलमा चीनमा रहेका नेपालीलाई  यहाँ ल्याएर सुरक्षित तरिकाले कसरी र कहाँ राख्ने भन्ने टुंगो लाग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठको भनाइ छ।

‘चीनबाट ल्याउनेलाई कहाँ राख्ने भनेर सबै अध्ययन भइसकेको छ, अहिले ६ बजे मुख्य सचिवको अध्यक्षतामा उच्चस्तरीय बैठक बसिरहेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘बैठकले कहाँ राख्ने र कहिले ल्याउने भनेर टुंगो लगाउछ ।’

चीनबाट स्वदेश फर्कन चीनस्थित नेपाली दूतावासमा एक सय ८० जनाले निवेदन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार चीनबाट स्वदेश फर्किने नेपालीको संख्या दुई सयसम्म हुनसक्ने छ । कोरोना भाइरसको संक्रमण नदेखिएका नागरिकलाई मात्र स्वदेश ल्याइनेछ ।

मन्त्रालयका अनुसार उनीहरुलाई स्वदेश ल्याइदा ट्रान्जिटको क्रममा ८ देखि १० जनामा कोरोना भाइरसको संक्रमण देखिन सक्ने हुँदा सोही अनुरुपको तयारी गरिएको छ ।

चीनबाट स्वदेश फर्किने नेपालीमा कोरोना भाइरस देखिन सक्ने र उनीहरुबाट नेपालमा कोरोना भाइरस फैलन सक्ने खतरा रहेको भन्दै सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा ४३ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठको दावी छ ।

सरकारले चीनबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलमा विशेष परीक्षण गरी कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिलाई विमानस्थलबाटै सिधै आइसोलेसन वार्ड भएका अस्पतालमा लैजाने र स्वस्थ व्यक्तिलाई दुई सातासम्म विशेष निगरानीमा राख्ने तयारी गरेको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय २६ पुगेको छ । मंगलबार हङकङमा पनि एक जना बिरामीको मृत्यु भएपछि चीनबाहिर मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो।

 

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : २२ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना