आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा एक व्यक्ति पक्राउ « Khabarhub

आफ्नै छोरीमाथि ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा एक व्यक्ति पक्राउ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– डडेल्धुरामा एक व्यक्ति विगत ६ वर्षदेखि आफ्नै छोरीमाथि जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार पक्राउ पर्ने व्यक्ति गन्यापधुरा गाउँपालिका घर भएका एक पुरुष छन् ।

उनले आफ्नी १६ वर्षीया छोरीलाई डराइ, धम्काइ विगत ६ वर्षदेखि जबरजस्ती करणी गर्दै आएका थिए ।

आफन्तको सहयोगमा पीडित किशोरीले उजुरी दिएपछि प्रहरीले उनका बुवालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका पुरुषलाई मंगलबार जिल्ला अदालत डडेल्धुरामा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिनको अनुमति पाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणीअन्तर्गत अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : २५ बजे

उपचारमा त्रुटि गर्ने दन्त चिकित्सक साह सात दिनका लागि निलम्बित 

काठमाडौं– दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले

‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’

काठमाडौं– चिनीयुक्त पेय पदार्थहरूले कलेजोमा बोसो जम्ने रोग, टाइप २

पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर 

चितवन- नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र

हङकङमा अल्ट्रा ट्रेल रनिङ : नेपाली धावक सन्तोष तामाङ दोस्रो

हङकङ– नेपाली अल्ट्रा ट्रेल रनिङ संघ, हङकङ (HKNUTRA)को आयोजनामा टाइमोसन