एमसीसी सदनको चालू अधिवेशनबाट चाँडै पारित हुन्छः प्रधानमन्त्री ओली « Khabarhub

एमसीसी सदनको चालू अधिवेशनबाट चाँडै पारित हुन्छः प्रधानमन्त्री ओली


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता संसदको चालू अधिवेशनबाट चाँडै पारित हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले एमसीसीका विषयमा जनमानसमा एक किसिमको भ्रम फैलाइएको भए पनि सम्झौता उचित रहेको र चाँडै पारित हुने बताएका हुन् ।

‘पुरानै सरकारले सम्झौता गरेको भए पनि उचित सम्झौता भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संसदको यही अधिवेशनबाट एमसीसी चाँडै पारित हुन्छ ।’

उनले प्रेस स्वतन्त्रमा कुनै बन्देज नहुने पनि बताए । मनोबल गिराउने गरी समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषण नगर्न समेत प्रधानमन्त्रीको  आग्रह थियो ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको सुरक्षाका लागि सरकार दत्तचित्त भएर लागेको बताए ।

‘मानव अधिकार हननमा चिन्ता लिनु पर्दैन, कहीँ केही त्रुटी भएमा सच्याउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भने ।

उनले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्राथमिकता नदिन समेत आग्रह गरेका छन् ।

‘विप्लव नामको समूह पैसा लुट्न, आतंक मच्चाउन हिँडेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अब अर्को क्रान्ति जरुरी छैन कल्पना पनि नगर्नुस्, विप्लव समूह व्यवस्था सुधारका नाममा अर्थ संकलनमा उद्दत छ ।’

उनले बम, बन्दुक सहित पक्राउ परेका केही मानिसहरु छुटेको भन्दै यसमा राज्य संयन्त्रको भूमिका कमजोर रहेको स्वीकार गरे ।

उनले वर्तमान सरकार आन्दोलनको उपच भएको हुँदा जनताप्रति पूर्ण उत्तरदायी हुने प्रष्ट्याए । प्रधानमन्त्री ओलीले पार्टी तथा सरकारलाई धेरै चुनौती भए पनि यसको सामना गर्न आफू तयार रहेको बताए ।

‘जुनसुकै परिवर्तन सम्झौतामा टुंगिएको हुँदा सबै भनेको जस्तो पूरा हुन सम्भव हुँदैन, यस्तो अवस्थामा पनि सरकारले धेरै काम गरेको छ ।,’ प्रधानमन्त्री ओलीले भने ।

उनले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा समेत सम्पादकलाई जानकारी गराएका थिए । आफूले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिँदै अझै आफू तीन वर्ष प्रधानमन्त्री रहने समेत बताएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ०९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको