एमसीसी सदनको चालू अधिवेशनबाट चाँडै पारित हुन्छः प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

एमसीसी सदनको चालू अधिवेशनबाट चाँडै पारित हुन्छः प्रधानमन्त्री ओली


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग भएको सम्झौता संसदको चालू अधिवेशनबाट चाँडै पारित हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले एमसीसीका विषयमा जनमानसमा एक किसिमको भ्रम फैलाइएको भए पनि सम्झौता उचित रहेको र चाँडै पारित हुने बताएका हुन् ।

‘पुरानै सरकारले सम्झौता गरेको भए पनि उचित सम्झौता भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘संसदको यही अधिवेशनबाट एमसीसी चाँडै पारित हुन्छ ।’

उनले प्रेस स्वतन्त्रमा कुनै बन्देज नहुने पनि बताए । मनोबल गिराउने गरी समाचार प्रकाशन, प्रसारण तथा सम्प्रेषण नगर्न समेत प्रधानमन्त्रीको  आग्रह थियो ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको सुरक्षाका लागि सरकार दत्तचित्त भएर लागेको बताए ।

‘मानव अधिकार हननमा चिन्ता लिनु पर्दैन, कहीँ केही त्रुटी भएमा सच्याउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भने ।

उनले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्राथमिकता नदिन समेत आग्रह गरेका छन् ।

‘विप्लव नामको समूह पैसा लुट्न, आतंक मच्चाउन हिँडेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अब अर्को क्रान्ति जरुरी छैन कल्पना पनि नगर्नुस्, विप्लव समूह व्यवस्था सुधारका नाममा अर्थ संकलनमा उद्दत छ ।’

उनले बम, बन्दुक सहित पक्राउ परेका केही मानिसहरु छुटेको भन्दै यसमा राज्य संयन्त्रको भूमिका कमजोर रहेको स्वीकार गरे ।

उनले वर्तमान सरकार आन्दोलनको उपच भएको हुँदा जनताप्रति पूर्ण उत्तरदायी हुने प्रष्ट्याए । प्रधानमन्त्री ओलीले पार्टी तथा सरकारलाई धेरै चुनौती भए पनि यसको सामना गर्न आफू तयार रहेको बताए ।

‘जुनसुकै परिवर्तन सम्झौतामा टुंगिएको हुँदा सबै भनेको जस्तो पूरा हुन सम्भव हुँदैन, यस्तो अवस्थामा पनि सरकारले धेरै काम गरेको छ ।,’ प्रधानमन्त्री ओलीले भने ।

उनले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा समेत सम्पादकलाई जानकारी गराएका थिए । आफूले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिँदै अझै आफू तीन वर्ष प्रधानमन्त्री रहने समेत बताएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ०९ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’