हात्तीपाइले विरुद्ध औषधि वितरण हुने « Khabarhub

हात्तीपाइले विरुद्ध औषधि वितरण हुने


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – हात्तीपाइले रोग निवारणको औषधि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको एक अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन् ।

स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण ‘आम औषधि सेवन अभियान–२०७६’ अन्तर्गतको अन्तक्रियामा यही माघ २५ गतेदेखि नवौँ चरणको औषधि खुवाउने तथा घरदैलो कार्यक्रममा यो औषधि सेवनवाट ज्यानको कुनै पनि जोखिम नहुने जानकारी दिइएको थियो ।

मोरङ जिल्लामा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय निकायका नौ लाख २४ हजार ५६२ जनतालाई ‘डिईसी’ साना चक्की र जुकाका लागि ‘अलवेन्डाजोल’ ४०० एमजीको ठूलो चक्की गरी दुई वटा औषधि सेवन अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यो औषधि दुई देखि पाँच वर्ष उमेरका लागि एक, छ देखि १४ वर्षका लागि दुई र १५ वर्ष भन्दा माथिलाई तीन तथा जुकाका औषधि सबैलाई एक/एक चक्की खुवाउने कार्यक्रम छ ।

जिल्लामा १३ प्रतिशत जनतामा अहिले पनि हात्तीपाइले सङ्क्रमित हुने जानकारी दिँदै प्रत्येक वर्ष दुई पटक औषधि सेवनको अभियान सञ्चालन गरेको बताए ।

यो रोग लागेमा सुनिएको अङ्लाई दैनिक साबुन पानीले सफा गर्नुपर्दछ । रोग लागेपछि हाइड्रोसिल, यौनाङ् सुनिने, खुट्टा फुल्ने हिँड्डुल गर्न नसक्ने, दैनिक आयआर्जन कार्य गर्न सकिदैन ।

दुई वर्षमुनिका बालबालिका, सात दिन अगाडिका सुत्केरी र चिनी रोग, मिर्गौला रोगी तथा खाली पेटमा यो औषधि सेवन गर्न नहुने प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य जनसेवा विभागका प्रमुख डा सुरेश मेहताले बताए।

जिल्लाका मुख्य मुख्य स्थानमा बुथ स्थापना तथा घरदैलोमा ५०० तालीम प्राप्त स्वास्थ्यकर्मी र स्वयंसेवकको निगरानीमा यो औषधि सेवन गराइने भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई तथा मन्त्रीले औषधि सेवन गरी यही माघ २५ गते विराटनगरको शहीद रङ्गशालामा अभियानको शुभारम्भ गरिने जनाइएको छ ।

हात्तीपाईले जस्ता रोगले मानिसलाई अपाङ्ग एवं शारीरिक रुपमा कमजोर गर्ने भएकाले यसका विरुद्व औषधि सेवन गर्न कन्जुर्‍याई गर्न आग्रह गरिएको छ ।

विगत केही वर्षदेखि हात्तीपाईले रोगकोविरुद्धमा चक्की खुवाउने अभियान सरकारले सञ्चालन गरेपछि नयाँ पुस्तामा यो रोगको सङ्क्रमण न्यून हुने आशा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ९ : ३२ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक