अमेरिकामा कोरोनाका कारण नेपालीहरुद्वारा सार्वजनिक कार्यक्रम स्थगित « Khabarhub

अमेरिकामा कोरोनाका कारण नेपालीहरुद्वारा सार्वजनिक कार्यक्रम स्थगित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएपछि नेपाली समुदायले सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् ।

कोरोना संक्रमण फैलिने त्रासले अमेरिकामा रहेका नेपाली समुदायले विभिन्न सार्वजनिक कार्यक्रम स्थगित गरेका हुन् ।

एनआरएनए न्युजर्सी च्याप्टरले मार्च ९ मा आयोजना गरेको कार्यक्रम स्थगित गरेको छ । न्युजर्सी च्याप्टरले जनगणना, नेपाल भ्रमणबर्ष, महिला दिवस, अमेरिकी अध्यागमन र टीपीएस लगायतका विषयमा कार्यक्रमको आयोजना तय गरेको थियो ।

एनआरएनए न्युजर्सी च्याप्टरका सचिव कृष्णराज सुवेदीले वक्तब्य जारी गरी कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।

कोरोनाका कारण ३ हजार १ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट दक्षिण कोरियामा ३४, इरानमा ७७ र इटलीमा ५२ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा थप ८५१ मा संक्रमण भएपछि संक्रमितको संख्या ५ हजार १ सय ८६ पुगेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : २१ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।