प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ ।

बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगिएको छैन् ।

प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन थिएटरमा नलगिएको अस्पतालका निर्देशक डाक्टर प्रेम खड्गाले बताए ।

उनले भने, ‘केही रिपोर्टहरू आउन बाँकी छ । रिपोर्टमा केही समस्या देखियो भने फेरि अप्रेसन थिएटरबाट निकालेर टेष्ट गर्नुपर्ने भएकाले रिपोर्ट कुरेर बसेका छौं ।’

प्रधानमन्त्रीलाई भेट्न अस्पताल भित्र रहेका मन्त्रीहरूलाइ अप्रेसन थिएटरमा लैजानु अघि प्रधानमन्त्री लाई भेट्न दिइने डा खड्गाले बताए ।

प्रधानमन्त्रीको सफल अपरेसनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्नेक्रम जारी छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ९ : २१ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको