‘प्रेम गीत ३’ को आकर्षक टिजर रिलिज (भिडियो) « Khabarhub

‘प्रेम गीत ३’ को आकर्षक टिजर रिलिज (भिडियो)


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेको फिल्म ‘प्रेम गीत ३’ को टिजर सार्वजनिक गरिएको छ । फिल्म युनिटले मंगलबार फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गर्‍यो ।

टिजरमा पुरानो र नलेखिएको कथा भन्दै एक प्रेमकथा प्रस्तुत गरिएको छ । १ घण्टा ४५ मिनेट लामो टिजरमा फिल्मका शीर्ष कलाकारलाई स्थान दिइएको छ ।

मुस्ताङको हिमाली दृश्य देखाइएको यो फिल्म आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजरमा प्रदीप खड्कालाई केन्द्रीय भूमिकामा देखाइएको छ । उनी फिल्ममा एक योद्धाको भूमिकामा प्रस्तुत भएका छन् ।

फिल्मलाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् भने निर्देशन चाहिँ छेतेन र सन्तोष सेनले गरेका हुन् ।

यस्तै फिल्ममा हिमाल केसीको एक्सन देख्न सकिन्छ । फिल्ममा प्रदीप खड्काका अलावा, शिव श्रेष्ठ, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

फिल्मले रिलिजअघि राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १० : १४ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र